|
Blood donation organized by Chumlung USA |
|
|
|
- न्यूयोर्कबाट, नगेन्द्र ईङनाम "आठराइली" न्यूयोर्क, सेप्टेम्बर २५ किरात याक्थुङ चुम्लुङ यु. एस. ए. को आयोजना तथा अमेरिकी रेड्क्रस सोसाईटिको तत्वाधानमा "रक्तदान जीवनदान" नाराकासाथ न्यूयोर्कको अस्टोरियामा रक्तादान कार्यक्रम अत्यन्तै सफलरूपमा सम्पन्न भएको छ । न्यूयोर्कस्थित सबै सामाजिक सङघ संस्थाहरुमध्ये किरात याक्थुङ चुम्लुङ अमेरिकाले पहिलोपटक समाजसेवाको क्षेत्रमा ए्उटा अलग पहिचान बनाउंदै स्थानीय रेडक्रस सोसाईटिको सहयोगमा रेडक्रस ब्लड बैंकमा जम्मा हुनेगरि सो रक्तादान गरेको हो । संस्थाका कार्यकारि सदस्य मुनिन्द्र बिक्रम नेम्बाङको प्रमुख संयोजकत्वमा भएको सो रक्तदान कार्यक्रमलाई सफल पार्न युगेस लिङदेन, बिनोद पोमो,बिक्रम नेम्बाङ,भरत लिम्बु,निलू सुब्बा लिम्बू, युन्छोमी लिम्बू,तारा बहादुर् लिम्बु,बिरेन्द्र लिम्बु,चुङ्ता गुरुङ,अनिता सुब्बा,दिपेश चबेगु, तिलक श्रेस्ठ,महेन्द्र भट्टराइ, फुदोर्जे शेर्पा,फू शेर्पा,पुर्ण ब लिम्बु र अर्जुन मैनलिहरूले सहयोग गरेका थिए । सो अवसरमा रक्तदान गर्नेहरुको नामावलि क्रमश : महेन्द्र भट्टराई,दुर्गा लाल कार्की(दुर्गेश्),बाबु राम न्यौपाने,अनिल जे शाही,बिश्व बि शाह,अर्जुन मैनाली,डेजी नार्सिजो,कमला मुखिया,धनुका पोमो लिम्बू,ड्यान साल्ट्ज्म्यान,योगेन्द्र लिम्बु ईङनाम,चेत ब सुब्बा,कर्ण ब लिम्बु,अनिल लिम्बु,दिवाकर क्षेत्रि, क्रिती जोशी,सरन मोक्तान,बीरेन्द्र लिम्बु,हेम् सि मगर,जित ब गुरुङ,सोनम टि लामा,मिक्चेन मोक्तान, रबिन सुब्बा मेन्याङ्बो,तारा ब लिम्बु, प्रेम् लिम्बु मेङ्यङ्बो,राजु श्रेस्ठ,मनोज खनाल,रोशन ढुङाना, केशर ब लिम्बु,सन्तोष महर्जन,मनिका महर्जन,बिकाश तामाङ,सन्जय थापा,योगेश लिङदेन, लिज्बेथ वलेनेइया,राम के बिश्वकर्मा, भरत सुब्बा,अनिल थाम्सुहाङ,अनिता सुब्बा पोमु र सम्झना लिम्बु सम्बाहाम्फे थिए । सोहि दिन सम्पुर्ण उनान्चालिसजना रगतदाताहरुलाई किरात याक्थुङ चुम्लुङ यु.एस.ए. र अमेरिकी रेड्क्रस सोसाईटिकोतर्फबाट आभार ब्यक्त गर्दै प्रमाण-पत्र प्रदान गरिएको थियो । - - न्यूयोर्कबाट, नगेन्द्र ईङनाम "आठराइली" |
|
|
New York Blood Donation Drive, September 25 |
|
|
|
|
Chumlung USA New York Blood Donation Drive, September 25 Dear Friends, Kirat Yakthum Chumlung USA is organizing blood donation program in association with American red Cross Society at the following date and venue. We request and encourage to participate in this life saving event to all Nepalese living around Greater New York Area. Venue: The Chian Federation, 44 - 01 Broadway (@ 44th Street), Astoria, NY 11103 Venue Phone: 718-204-2550 Subway: G, R, or V local to “46th Street Station” Date: September 25, 2008 Time: 2:00 pm-7:00 pm Contact: Munindra Nembang, 347-592-9564 Kirat Yakthum Chumlung, USA |
|
|
Kirat yakthung chumlung Picnic programme in newyork held |
|
|
|
न्यूयोर्क, July 20, 2008- किरात याक्थुङ चुम्लुङ अमेरिकाले आफ्नो धार्मिक परम्परालाई निरन्तरता दिंदै साउने संक्रान्ति (सिसेक्पा तङ्नाम) पर्ब र बर्षिक बनभोज कार्यक्रम न्यूयोर्क शहरस्थित क्विन्स ब्रिज पार्कमा सम्पन्न गरेको छ । किरातीहरूले आफ्नो ईष्ट देवको सम्मानमा साउने संक्रन्तिको दिन नयां पाकेका फलफुलहरू चढाउन डोरिमा तुनेर ढोकामाथि झुण्ड्याउने परम्परा छ। सोहि पर्बलाई लिम्बू भाषामा (सिसेक्पा तङ्नाम) भनेर चिनिन्छ।
मुनिन्द्र बिक्रम नेम्बाङको संयोजक्त्वमा विविध मनोरन्जनात्मक कार्यक्रमकसाथ भएको सो भेलामा महिलाहरूको मनोरन्जनकोलागि हांडि फुटाउने खेलमा मेरी लिम्बु (प्रथम), म्युजिकल चेयरमा दिलमाया लिम्बु (प्रथम) र रिमा गुरुङ (दोश्रो), बालबालिकाहरूकोलागि बेलुन् फुटाउने खेलमा उत्सब राई (प्रथम) अनि युबाहरूकोलागि एक सय मिटर दौड प्रतिस्पर्धामा पारुहाङ् लिम्बु (प्रथम), परम्परागत खेल छेलोमा प्रज्वल राना (प्रथम) भएका थिए । यसको अलावा मनोरन्जनकोलागि डोरी तान्ने खेल (tug-of-war) पनि समाबेस गरिएको थियो । प्रतिश्पर्धामा बिजयी खेलाडिहरूलाई पुरस्कार, प्रमाण-पत्र र ट्रफि प्रदान गरिएको थियो ।
सो कर्यक्रमको बिक्रम लिम्बु र जुद्ध लिम्बुले संचालन, उपस्थितिलाई भरत लिम्बुले स्वागत, उपाध्यक्ष नगेन्द्र ईङनामले धन्यवाद ज्ञापन र अध्यक्ष पुर्ण लिम्बुले कार्यक्रमको बिसर्जन गरेका थिए । |
|
|
K.Y.C. Team won ANA Soccer Plate Championship ! |
|
|
|
- न्यूयोर्कबाट, देश कुमार लिम्बू New York, July 7, 2008- जुलाई ३ देखी ६ तरिखसम्म मेरिल्यण्ड राज्यको बाल्टिमोर शहरमा सम्पन्न भएको २६ औं ए.एन.ए. (Association of Nepalese in America) सम्मेलनमा फूट्बल खेलमा के.वाई.सि. (किरात याक्थुङ चुम्लुङ) युएसए टीमले ए.एन.ए. सम्मेलनको ईतिहसमै पहिलोपटक खेलाईेको फूट्बल प्लेट च्याम्पियनसिप प्रतिष्पर्धामा मंगोल युनाईटेड टीमलाई हराएर एैतिहासिक पहिलो उपाधि हात पार्न सफल् भएको छ । सो खेलमा टीमको खेल कप्तान बिक्रम नेम्बाङ थिए भने ब्यावस्थापनमा बिनोद पोमो रहेका थिए । फूटबल टीमको अलावा के.वाई.सि. (किरात याक्थुङ चुम्लुङ) यु.एस.ए.ले नगेन्द्र ईङनामको नेत्रित्वमा के.वाई.सि. भलिबल टीमको पनि संलग्नता गराएको थियो । यस उपलब्धिलाई सफलताको एउटा अघि बढेको कदम भन्दै अध्यक्ष पुर्ण लिम्बूले दिपेश लिम्बु, चेत ब. सुब्बा, कर्ण लिम्बू, युगेश लिम्बू, सुजन लिम्बू लगाएत सम्पुर्ण खेलाडिहरुलाई चुम्लुङको नेत्रित्व गर्दै खेल खेलेर उपलब्धि हात पारे बापत धन्यवाद ज्ञापन गर्नुभएको थियो । - न्यूयोर्कबाट, देश कुमार लिम्बू |
|
|