| K.Y.C. Team won ANA Soccer Plate Championship ! |
|
|
|
|
- न्यूयोर्कबाट, देश कुमार लिम्बू New York, July 7, 2008- जुलाई ३ देखी ६ तरिखसम्म मेरिल्यण्ड राज्यको बाल्टिमोर शहरमा सम्पन्न भएको २६ औं ए.एन.ए. (Association of Nepalese in America) सम्मेलनमा फूट्बल खेलमा के.वाई.सि. (किरात याक्थुङ चुम्लुङ) युएसए टीमले ए.एन.ए. सम्मेलनको ईतिहसमै पहिलोपटक खेलाईेको फूट्बल प्लेट च्याम्पियनसिप प्रतिष्पर्धामा मंगोल युनाईटेड टीमलाई हराएर एैतिहासिक पहिलो उपाधि हात पार्न सफल् भएको छ । सो खेलमा टीमको खेल कप्तान बिक्रम नेम्बाङ थिए भने ब्यावस्थापनमा बिनोद पोमो रहेका थिए । फूटबल टीमको अलावा के.वाई.सि. (किरात याक्थुङ चुम्लुङ) यु.एस.ए.ले नगेन्द्र ईङनामको नेत्रित्वमा के.वाई.सि. भलिबल टीमको पनि संलग्नता गराएको थियो । यस उपलब्धिलाई सफलताको एउटा अघि बढेको कदम भन्दै अध्यक्ष पुर्ण लिम्बूले दिपेश लिम्बु, चेत ब. सुब्बा, कर्ण लिम्बू, युगेश लिम्बू, सुजन लिम्बू लगाएत सम्पुर्ण खेलाडिहरुलाई चुम्लुङको नेत्रित्व गर्दै खेल खेलेर उपलब्धि हात पारे बापत धन्यवाद ज्ञापन गर्नुभएको थियो । - न्यूयोर्कबाट, देश कुमार लिम्बू |
| < Prev | Next > |
|---|