| Kirat yakthung chumlung Picnic programme in newyork held |
|
|
|
|
न्यूयोर्क, July 20, 2008- किरात याक्थुङ चुम्लुङ अमेरिकाले आफ्नो धार्मिक परम्परालाई निरन्तरता दिंदै साउने संक्रान्ति (सिसेक्पा तङ्नाम) पर्ब र बर्षिक बनभोज कार्यक्रम न्यूयोर्क शहरस्थित क्विन्स ब्रिज पार्कमा सम्पन्न गरेको छ । किरातीहरूले आफ्नो ईष्ट देवको सम्मानमा साउने संक्रन्तिको दिन नयां पाकेका फलफुलहरू चढाउन डोरिमा तुनेर ढोकामाथि झुण्ड्याउने परम्परा छ। सोहि पर्बलाई लिम्बू भाषामा (सिसेक्पा तङ्नाम) भनेर चिनिन्छ। मुनिन्द्र बिक्रम नेम्बाङको संयोजक्त्वमा विविध मनोरन्जनात्मक कार्यक्रमकसाथ भएको सो भेलामा महिलाहरूको मनोरन्जनकोलागि हांडि फुटाउने खेलमा मेरी लिम्बु (प्रथम), म्युजिकल चेयरमा दिलमाया लिम्बु (प्रथम) र रिमा गुरुङ (दोश्रो), बालबालिकाहरूकोलागि बेलुन् फुटाउने खेलमा उत्सब राई (प्रथम) अनि युबाहरूकोलागि एक सय मिटर दौड प्रतिस्पर्धामा पारुहाङ् लिम्बु (प्रथम), परम्परागत खेल छेलोमा प्रज्वल राना (प्रथम) भएका थिए । यसको अलावा मनोरन्जनकोलागि डोरी तान्ने खेल (tug-of-war) पनि समाबेस गरिएको थियो । प्रतिश्पर्धामा बिजयी खेलाडिहरूलाई पुरस्कार, प्रमाण-पत्र र ट्रफि प्रदान गरिएको थियो । सो कर्यक्रमको बिक्रम लिम्बु र जुद्ध लिम्बुले संचालन, उपस्थितिलाई भरत लिम्बुले स्वागत, उपाध्यक्ष नगेन्द्र ईङनामले धन्यवाद ज्ञापन र अध्यक्ष पुर्ण लिम्बुले कार्यक्रमको बिसर्जन गरेका थिए । |
| < Prev | Next > |
|---|