|
Balihang Tangnama celebration in New York |
|
|
|
USA, 30 October, 2008 -किरात याक्थुङ चुम्लुङ अमेरिकाले न्यूयोर्कमा ५०६८ बलिहाङ तङनाम "दिपावली साँझ 2008” धुमधामसँग मनाएको छ । लिम्बू भाषाबाट खेलिने देउसीको भाका "लारिङ्गेत, नाम्लिङ्गेत भाकाको” को रमाईलोसंगसंगै प्रबासमारहेरपनि लिम्बू समुदायको परम्परा,कला र सँस्कृतिलाई बचाउन यसरी याक्थुङ चुम्लुङ अमेरिकाले गत चारवर्षदेखि लगातार बलिहाङ तङनाम मानाउंदै आएको छ । न्यूयोर्कनिवासी लिम्बू समुदाय र कुलकुटुम्ब तथा आमन्त्रित पाहुनाहरुको उल्लेख्य उपस्थिति रहेको सो दिपावली सांझमा राम कुमार चोङबाङले लारिङ्गेत, नाम्लिङ्गेत भाकाको नेत्रित्व गरेका थिएभने अन्य सबैले लारिङ्गेत, नाम्लिङ्गेत भन्दै साथमासाथ दिएका थिए । संस्थाका सहकोषाध्यक्ष अनिल लिम्बू र सल्लाहकार बिनोद पोमो लिम्बुको अगुवाईमा भएको सो रमाईलो कार्यक्रम लिम्बू समुदायको अति प्रचलित परम्परागत धान नाच्दै नाचगानकासाथ समापन भएको थियो ।
|