|
देश तथा बिदेश मा रहनु भयेका समपुर्ण याक्थुन्ग्बा / याक्थुन्ग्मा साथै सम्पुर्ण लिम्बुवान बासि दाजु भाइ अनि दिदि बहिनि हरु. लिम्बुवान को बारेमा छल फल तथा बिचार हरु आदान प्रदान गरौ भनेर आज मैले लिम्बुवान् को बारेमा केहि लेख्ने प्रयास गरेको छु.
इतिहास ले प्रमाणित गरिसकेको छ कि हम्रो लिम्बुवान राज्य एउटा स्वतन्त्र सक्तिसालि राज्य थियो । तेसैले त गोर्खा को राजा प्रिथ्वि नारायण ले १७ पटक सम्म उसको सम्पुर्ण शक्ति लगायेर हमला गर्दा पनि जित्नु सकेन। उल्टै लिम्बुवान फौज ले पृथ्विनारायण को सेना लाइ यति टाढा खेदाइ दियो कि फर्केर फेरि आउनु लाइ नै ९ दिन लाग्ने गरि। केहि नलागेर अन्त्य मा लिम्बुवान राज्य को सोझो लिम्बु हरु संग सन्धि गर्यो ।
पृथ्विनारायण शाह ले लिम्बु हरु लाइ लाल मोहर छाप सहित तम्रपत्र मा लेखेर दियो जस्मा एक्दमै स्पस्ट लेखियेको छ। लिम्बुवान को भुमि सदैव लिम्बु हरुकै हुनेछ लिम्बुवान सदैव् स्व्तन्त्र राज्य हुने छ् तिमि हरु पछि पनि यो भुमि तिमिहरु को सन्तान् ले भोग गर्नेछ । यो तिमिहरु को भुमि मा हामि कहिले पनि हस्तक्षेप गर्ने छैनौ । यदि हमिले पछि हस्तक्षेप गर्नु खोजे वा तिमि हरु को अधिकार नास गर्नु खोजेमा मेरो सरा बंश नास भयेर जाओस भनेर नुन पानि को कसम पनि ख्वायेको थियो। यो सन्धि पत्र अहिले पनि धरान को भानु चोक मा देख्न सकिन्छ । तर पछि पृथ्विनारायण को बंश हरुले बिस्तारै लिम्बुवान् को अधिकार र स्वतन्त्रता माथि दमन र शोषण गर्नु थाल्यो र यसरि लिम्बुवान को अधिकार, स्वतन्त्रता मात्रै नभयेर मौलिक हक अधिकार हरु पनि हनन गर्न थाल्यो लिम्बु हरु को संस्कृति भाषा लिपि हरु जलाइये। अफ्नो स्वतन्त्र भुमि,पिलि,भाषा संस्कृति,मुन्धुम,परम्परा, को संरक्षण्को को लागि तेति बेला देखिनै हाम्रो पुर्वज लिम्बु हरु ले बिभिन्न संघ संगठन बनाइ निरन्कुश सत्ता को घोर विरोध गर्दै आइरहेको छ । यसरि गर्दै आउदा यो लिम्बुवान् को अन्दोलन आज यहा सम्म आइपुगेको छ।
लिम्बु मा एउटा उखान छ राज्य ले नगरे दैव ले गर्छ भन्ने तशर्त फल स्वरुप आज आएर शाहबंशीय राज्य को अन्त्य भयेको छ ,अब समय आयेको छ हरेक लिम्बु तथा लिम्बुवान बासि हरु जागरुक हुने। हात मा हात काध मा काध मिलाइ आफ्नो पुर्खा को खुन पसिना ले जोडेको भुमि, फिर्ता लिन को लागि अन्दोलनको चरम सिमा सम्म जाने, नभये सिमा तोडेरै जानु जरुरि हुन्छ। पृथ्विनारायण ले एकिकरण गरेको बेला हम्रो लिम्बुवान् पनि अरु राज्य सरह जितेर लगेको भये आज हामि केहि भन्ने थियेनौ । तर लडाइ मा जित्नु नसके पछि सन्धि गरेर एउटा स्वयत्त भयेको राज्य लाइ पछि जाल झेल गरेर दबाउनु,शोषण गर्नु भाषा लिपि,मुन्धुम्,संस्कृति भताभुन्ग पर्नु भनेको त झुक्यायेर राति अर्काको घर मा डाका डाल्नु जस्तै हो. यदि होइन भने मैदान् मा चै किन सन्धि गर्नु ? उति खेरै हाना हान् गरेर जितेर लगे भै हाल्थ्यो नि. किन तेस्तो भयेन ? यो कुरा सम्पुर्ण लिम्बु तथा लिम्बुवान् बासि हरुले बुझ्नु अति आवस्यक छ। साथै गैर लिम्बु हरु पनि लिम्बुवान मा बसोबास् गर्ने हरु। लिम्बुवान बासि भयेको नाता ले लिम्बुवान पुन प्राप्ति को लागि लड्नु हामि सबै को सझा कर्तब्य हो। तेसैले मेरो जत्ति लिम्बुवान प्रति कर्तब्य छ तपाइ को पनि तेतिनै कर्तब्य छ।. भोलि को दिन मा लिम्बुवान को कल्याण हुनु भनेको सम्पुर्ण लिम्बुवान बासि को कल्याण हो
एउटा एक्दमै सिधा कुरा :- कुनै पनि गेम खेल्दा एउटा ले जित्छ अर्को ले हार्छ अब त्यो हार्ने ब्यक्ति ले आफुले हारेको समान वा पैसा जबरजस्ति वापस माग्ने कुरा त हुदैन नि। बरु यदि उसले पैसा त्यो खेलाडि लाइ सापटि दियेको छ र उसले पनि यति पैस लियेको छु भनेर कागज गरेको छ भने बल्ल अब उसले पैसा वापस पाउने अधिकार हुन्छ। अब यो स्थिति मा त्यो ब्यक्ति ले तत्काल नदिये पनि येस्को लागि जहिले जहा पनि जसरि पनि असुल्नु सकिन्छ नि होइन र..? यो कुरा लाइ बुझौ हामि सबैले।
अन्त्य मा सबै संग अनुरोध् गर्छु तपाइ हरुको बिचार् पनि प्रकट् गर्नु होला लिम्बुवान सम्बन्धि. धन्यबाद, याक्थुन्ग् लाजे / लिम्बुवान् तियाहा / आ-सेवारो
तागेरा निङवाफुमा ले सबै को कल्याण गरुन / जय लिम्बुवान...
|